सामाजिक सेवामा सकारात्मक सोचाई

 सामाजिक सेवामा सकारात्मक सोचाई


जब मानिस यो धर्तिमा जन्म लिएर आउँछ, समयको अन्तराल सङसङै चेतना एवम सोचाईमा पनि परिवर्तन हुँदै जान्छ । जन्म हुनु नै मानिसको जित हो, तर यसलाई उभ्याउन वा चिनाउन सकेनौ भने हारिन्छ। मानिस जन्मनुको सार्थकता तब हुन्छ, जब उसले आफुलाई चिनाउन सफल भएपछी मात्रै प्राण त्याग गर्छ। सामान्यतया यो सन्सारमा राम्रो वा नराम्रो भन्ने कुनै कुरा हुदैन, केवल हुन्छ त हाम्रो सोचाई  ।।

 

Shakespeare ले भने जस्तै "There is nothing either good or bad but thinking makes is so" हरेक कुरालाई हामिले सकारात्मक सोचाईबाट लिन सक्यौ भने नराम्रो कुरा खोज्न तर्फ हाम्रो ध्यान जान्छ। सकारात्मक सोच हुने व्यक्तिले मात्रै समाज सेवा गर्न सक्ने क्षमता राख्दछ। सामाजिक सेवा विकासोन्मुख देशको विकासका लागि एउटा् मेरुदण्ड हो। सामाजिक सेवा भन्नाले  जहाँ  सामाजिक विज्ञानको मागमा रहेर विभिन्न मानव जीवन र उनिहरुको व्यबहार  तथा सामाजिक समुहको अध्ययन गरिन्छ त्यसलाई सामाजिक सेवा भनिन्छ। सामाजिक सेवा अन्य व्यबसाय भन्दा भिन्न र आत्मसन्तोषी हुन्छ। सामाजिक कार्यमा विशेष गरि असहाय र दु:खि व्याक्ती जो हामी भन्दा कम भाग्यासाली र निम्न स्तरका छन उनिहरु प्रती सेवा समर्पित गरिन्छ। सामाजिक कार्यमा सम्लग्न हुदा समुदायमा सेवाको भावना, उनीहरुको आत्मसम्मानको कदर, आफ्नो ईमानदारिता र नैतिकताको प्रर्दशन काम गर्दा सधैं सामाजिक न्यायमा जोड र आफू सम्बन्धित काममा निपुर्ण भएको हुनु पर्दछ। सामाजिका कार्य यति सुन्दर हुदा हुँदै पनि हाम्रो देशमा भने जति सुन्दर हुनु पर्ने त्यति छैन। सामाजिक कार्य विशेष गरि समाज र नागरिक प्रती समर्पित कार्य हो। यो व्याक्त्तीगत स्वार्थभन्दा टाढा हुने गर्दछ । सामाजिक सेवा कल्याणकारी कार्य भएकोले पछिल्लो समयमा युवा पिढिहरु सामाजिक सेवामा धेरै नै  सक्रिय हुँदै आई रहेको देख्न सकिन्छ।

हरेक कुरालाई सकारात्मक नजरले हेर्नु नै सकारात्मक सोच हो।  सकारात्मक सोचले नै हरेक व्याक्तिमा उर्जा र क्षमता सिर्जना गर्दछ। सफलताको मुल शुत्र नै सकारात्मक सोच हो। मानिस यस्तो प्राणी हो जसको वास्तविक पहिचान उसको विचारबाट हुन्छ। मानिसले जस्तो सोच्दछ उ त्यस्तै बन्दछ । सकारात्मक व्यबहार बाट सकारात्मक प्रतिक्रिया नै पाईन्छ । नकारात्मक व्यबहार बाट बीउ रोपेर सकारात्मक फल प्राप्तिको आशा गर्न कदापी सकिँदैन। सोचाई सकारात्मक भै दिए जिवनको लक्ष्य प्राप्त गर्न सफल भईन्छ । पछिल्लो समयमा जती पनि बिकास भएका छन युवायुवतीहरुको सकारात्मक सोचबाट मात्रै सम्भव भएका छन। मानिसको उचाई उसको बर्षले होइन कर्मले नाप्नु पर्छ। हामिले देश बिकास गर्नु पर्छ भन्दै हिड्छौ तर बिकास कसरी सम्भव छ यो कुरामा कहिल्यै ध्यान दिदैनौ यहि कारणले हामी नेपाली अहिले सम्म पछि परेका छौ। त्यसकारण पहिला देश परिवर्तन वा बिकास हुनु पर्छ भन्ने छैन पहिला आफ्नो सोच मात्रै परिवर्तन गरे पुग्छ।


पछिल्लो समयमा सामाजिक सन्जालमा सामाजिक  कार्यका थुप्रै तस्वीरहरु देख्न पाईन्छ। सामाजिक सेवामा लाग्नेहरुको भिड बढ्दो छ के साच्चिकै समाज सेवाका लागि समर्पित छ त यो भिड..? समाज सेवामा लागिरहेका हरेक व्याक्तिहरुले समाज सेवा गरेका छन कि छैनन..? समुदायमा मिलेर समुदायलाई अघि बढाउने दिशामा उनिहरुको सकारात्मक सोछ छ कि छैन..? समाजमा उनीहरुको चरित्र के कस्तो छ..? यसरीसकारात्मक सोचाई सङसङै सामाजिक सेवालाइ पनि अगाडि बढाउदै लैजाने हो भने अबको १० बर्षमा नेपालको अस्तित्व छुट्टै नै कायम हुने छ भनेर किटान गरिरहन आवश्यक पर्दैन। त्यसैले स्मरण रहोस हरेक नागरिक यस देशको समाजसेवी हुन सक्नु पर्छ। अनि हरेक व्याक्त्ती यस समुदायका पहरेदार पनि हुन। अरुलाई सकारात्मक सोचौ र आफू पनि सकारात्मक बनौ।

जय देश जय नेपाल🇳🇵

Comments

Post a Comment

Popular posts from this blog

आफ्नै पहिचान खोज्दा😊