Posts

आफ्नै पहिचान खोज्दा😊

–बिन्दु भुसाल  एक जनासँग मेरो म्यासेजरमा चर्का–चर्की झगडा हुँदै थियो । वास्तवमा भन्नुपर्दा उनी मेरो साथी बन्न चाहान्थे । तर, साथ दिनेवाला साथी चाहीँ होइन । मान्छेहरु भन्छन्, आँ गर्दा अलंकार बुझिन्छ । त्यस्तै मैलेपनि उनको बोलीबाट उनी ठीक नभएको बुझेँ अर्थात् उनको नियत मलाई ठीक लागेन । उनीसँग पहिलो पटक बोल्दै थिएँ ,उनले आफ्नै रफ्तारमा अनेकथरी सुनाउँदै थिए । यसै क्रममा केही बहस पनि भयो । सुरुमा बोल्दानै म झोक्किएकी थिएँ, सायद त्यसैले होला उनी पनि अल्लि आवेगमै जस्तो कुरा गर्दैथिए । तर,पनि केही समय कुरा भयो,छलफल भयो ।  केही क्षणको दोहोरो बोलचाल र छलफपछि मैले उनलाई सोँधे, हुँ एम आई अर्थात् तपाइँको नजरमा म को हुँ ?’ मेरो प्रश्नको तत्काल जवाफ आयो ‘सकेसम्म आफूलाई कमजोर छु भनेर देखाउन नखोज्ने, अतितको रिस र पीडालाई वर्तमानमा पोख्न खोज्ने,कसैले प्रशंसा गर्दा आफू चनाको बोट भएनि सालको रुख सम्झिने, कोहिसँग नजिक भएर बोल्यो भने सानो हुन्छ कि भन्ने सोँचसँगै सपनामा हराएकी नारी जसले १० मा बसेर १००को रवाफ देखाउँछ त्यो हौं तिमी ।’   उनको त्यस्तो जवाफपछि मलाई कता–कता चित्त दुख्यो । किनकी मे...

सामाजिक सेवामा सकारात्मक सोचाई

 सामाजिक सेवामा सकारात्मक सोचाई जब मानिस यो धर्तिमा जन्म लिएर आउँछ, समयको अन्तराल सङसङै चेतना एवम सोचाईमा पनि परिवर्तन हुँदै जान्छ । जन्म हुनु नै मानिसको जित हो, तर यसलाई उभ्याउन वा चिनाउन सकेनौ भने हारिन्छ। मानिस जन्मनुको सार्थकता तब हुन्छ, जब उसले आफुलाई चिनाउन सफल भएपछी मात्रै प्राण त्याग गर्छ। सामान्यतया यो सन्सारमा राम्रो वा नराम्रो भन्ने कुनै कुरा हुदैन, केवल हुन्छ त हाम्रो सोचाई  ।।   Shakespeare ले भने जस्तै "There is nothing either good or bad but thinking makes is so" हरेक कुरालाई हामिले सकारात्मक सोचाईबाट लिन सक्यौ भने नराम्रो कुरा खोज्न तर्फ हाम्रो ध्यान जान्छ। सकारात्मक सोच हुने व्यक्तिले मात्रै समाज सेवा गर्न सक्ने क्षमता राख्दछ। सामाजिक सेवा विकासोन्मुख देशको विकासका लागि एउटा् मेरुदण्ड हो। सामाजिक सेवा भन्नाले  जहाँ  सामाजिक विज्ञानको मागमा रहेर विभिन्न मानव जीवन र उनिहरुको व्यबहार  तथा सामाजिक समुहको अध्ययन गरिन्छ त्यसलाई सामाजिक सेवा भनिन्छ। सामाजिक सेवा अन्य व्यबसाय भन्दा भिन्न र आत्मसन्तोषी हुन्छ। सामाजिक कार्यमा विशेष गरि असहाय र दु:खि ...